गण्डकीमा माननीयहरुको ‘चिया खर्च’ साढे ९२ लाख !
पाेखरा | असोज ९, २०७९
पोखराः गणतन्त्रको पहिलो कार्यकाल सकिँनैलाग्दा प्रदेश सरकारहरुको खर्च सार्वजनिक हुन थालेको छ ।
प्रदेशको खर्च विवरणअनुसार गण्डकी प्रदेश सरकारले ५ वर्षमा सांसद र पिएको सेवा–सुविधामामात्रै ३३ करोड ४२ लाख रुपैयाँ खर्चेको छ । कानूनतः तलब वा पारिश्रमिक नभनि सेवा, सुविधा भनिन्छ ।
यस ५ वर्षमा प्रदेशमा विभिन्न संसदीय दल सञ्चालनको लागि चियापान खर्चमा ६४ लाख ७५ हजार १ सय रुपैयाँ खर्च भएको जनाएको छ । जसमध्ये पछिल्लो तीन आर्थिक वर्षमा संसदीय दलका सदस्यहरुले वार्षिक २० लाख बढीको चियापान गरेका छन् ।
प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एसको कार्यालय रहेको छ ।
त्यस्तै, प्रदेश सभा बैठकमा २७ लाख ६६ हजार २७१ रुपैयाँ चियापानमा खर्च भएको प्रदेशसभा सचिवालयको विवरणमा जनाइएको छ ।
सभा र सचिवालयको चियापानमामात्रै कूल ९२ लाख ४१ हजार ३७१ रुपैयाँ खर्च भएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

